आइतबार, ६ जेठ २०८१

अक्षयसंग बोल्ड फोटोसुट गराएपछि यसरी टुटेको थियो प्रियंकाको प्रेम सम्बन्ध

समयपोष्ट २०७७ साउन ४ गते १४:०४

Advertisement

बलिउड अभिनेत्री प्रियंका चोपडा अमेरिकी गायक निक जोनससंग विवाह बन्धनमा बाँधिएर अमेरिकामै सिफ्ट भएकी छिन् ।

उनको दाम्पत्य जिवन राम्रोसंग अगाडी बढिरहेको छ । आफुुभन्दा १० बर्ष कान्छा निकसंग विवाह गरेकी यिनको नाम विवाहअघि भने निकै जनासंग जोडियो ।

बलिउड अभिनेता शाहरुख खान देखि अक्षय कुमारसम्मसंग यिनको अफयेर चलेको चर्चा चल्यो ।
बलिउड प्रवेश गर्नुअघि प्रियंकाको असीम मर्चेन्टसँग प्रेम सम्बन्ध रहेको बताईन्छ । उनले बलिउडमा आउनुअघि असीमसँग प्रेम गाँसेकी थिइन् । तर, विस्तारै फिल्ममा चर्चा पाउन थालेपछि उनीहरुको सम्बन्धमा पूर्णविराम लागेको बताईन्छ ।

त्यसपिछ यि अभिनेत्री विवाहित अक्षय कुमारसँग कुमारसंग नजिकिईन् । एकसाथ फिल्ममा देखिन थालेपछि उनीहरुको प्रेमको चर्चा निकै चल्यो । उनीहरु निकै नजिक भए । जसको परिणामस्वरुप निकै बोल्ड फोटोशुट समेत गराएका थिए ।

Advertisement

तर, उनीहरुको प्रेमको बीचमा अक्षयकी श्रीमती ट्विङ्कल खन्ना आइन् । उनले प्रियंकाको साथमा फिल्म खेल्न समेत बन्देज लगाइन् । त्यसपछि अक्षयले प्रियंकासँग दुरी कायम गरे ।

त्यसपछि, प्रियंकाको पुनः हरमन बावेजासँग नाम जोडियो । उनीहरुले एकसाथ फिल्म समेत खेले तर फिल्म फ्लप भयो ।

यसका साथै, प्रियंकाको नाम शाहरुख खान, जेरार्ड बटलर र शाहिद कपूरसँग पनि जोडियो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री