आइतबार, ६ जेठ २०८१

६ वर्षका बालकले कुकुरसंग भिडेर जोगाए बहिनीको ज्यान

समयपोष्ट २०७७ साउन २ गते १५:०६

Advertisement

एक अमेरिकी बालकले कुकुरको हमलाबाट आफ्नी बहिनीलाई जोगाएका छन् ।

अमेरिकाको व्योमिङ राज्यका ६ वर्षका बालक ब्रिजर वाकरले ज्यानको बाजी लगाएर बहिनी जोगाउँदा उनको अनुहारमा ९० टाँका लगाइएको छ । लाई उक्त साहसिक कार्य गरेबापत विश्व बक्सिङ काउन्सिलले अनररी ‘वर्ल्ड च्यम्पियन’ को उपाधि प्रदान गरेको छ ।

वर्ल्ड बक्सिङ काउन्सिलले ट्वीट गर्दै वाकरको बहादुरीलाई सलाम गरेको छ । डब्ल्यूबीसीले आफ्नो बयानमा भनेको छ, ‘ मानवताको श्रेष्ठ मूल्यलाई देखाउने ६ वर्षका ब्रिजर वाकरलाई अनररी वर्ल्ड च्याम्पियन घोषणा गर्नु हाम्रो लागि गौरवको कुरा हो । ब्रिजर तिमी हिरो हौ ।’

घटना जुलाई ९ तारिखको हो । त्यसदिन जर्मन शेफर्ड जातको एउटा कुकुरले वाकरकी ४ वर्षकी बहिनीमाथि हमला गरिदियो । तर वाकर आफ्नो ज्यानको पर्वाह नगरी कुकुरसँग भिडे । यतिबेला उनको अनुहार र बंगारामा गम्भीर चोट लाग्यो । दुई घण्टा लामो शल्यक्रियामा वाकरको अनुहारमा ९० टाँका लगाइयो ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री