आइतबार, ६ जेठ २०८१

प्रेमीकाले चलाउथिन् सुशान्तको बैंक अकाउण्ट, प्रहरीले थाल्यो अनुसन्धान

समयपोष्ट २०७७ साउन १ गते २०:१०

Advertisement

बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा प्रहरीले जाँच गरिरहेको छ ।

यसैबीच प्रहरीले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको बैंक खाता जाँच गरिरहेको भारतीय मिडियाले जनाएको छ । मिडिया रिपोर्टका अनुसार रियाले सुशान्तको पैसा चलाउने गरेको प्रमाण प्रहरीले फेला पारेको छ । प्रहरी उनले कति पैसा खर्च गरेकी थिइन् भन्ने कुराको खोजीमा रहेको बताईएको छ ।

यस्तै प्रहरीले सुशान्तकी बहिनी मितलाई पनि प्रहरीले सोधपुछका लागि बोलाउन सक्ने बताईएको छ । प्रहरीले उनीसँग सुशान्तको निजी जीवन र रिया चक्रवर्तीसँगको सम्बन्धबारे जान्न चाहेको बताईएको छ । सुशान्तले १४ जुनमा मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा गलामा पासो लगाएर आत्महत्या गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री