शनिबार, ८ वैशाख २०८१

साधना लघुवित्तको आइपीओ तपाईलाई पर्यो ?

समयपोष्ट २०७७ असार २९ गते १८:५०

Advertisement

साधना लघुवित्तले सर्वसाधारणमा जारी गरेको आइपीओ बाँडफाँड भएको छ। लघुवित्तको आईपीओमा आवेदन गर्ने १४.७४ प्रतिशत लगानीकर्ताले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर हात पारेका छन् भने आवेदकमध्ये ८५.२६ प्रतिशतको हात खाली भएको छ।

शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार लघुवित्तको आइपीओमा कूल ४ लाख ४८ हजार ६४० वटा आवेदन परेकोमा ७९१ वटा आवेकको आवेदन रद्ध भएको छ। सदर आवेदक ४ लाख ४७ हजार ८४९ आवेदमध्येबाट लघुवित्तको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले शेयर हात पाएका छन् ।

कम्पनीले सर्वसाधारण लागि ६ करोड ६१ लाख ५२ हजार २ सय रुपैयाँ बराबरको ६ लाख ६१ हजार ५२० कित्ता शेयर असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले बिक्री खुला गरेको थियो। उक्त आईपीओमा १ करोड ९ लाख १७ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। जसमध्ये एक करोड ९ लाख ९९० कित्ताका लागि परेको आवेदन सदर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री