शुक्रबार, १४ वैशाख २०८१

विवाहको पाँचौ वर्षगाँठमा मीराले भनिन्, ‘तीन सुनौलो अक्षर हो, ‘आइ एम सरी’

समयपोष्ट २०७७ असार २४ गते १५:३७

Advertisement

बलिउड नायक शाहिद कपुर र मिरा राजपुत २०१५ जुलाई ७ माविवाह बन्धनमा बाँधिए । मंगलबार उनीहरुको विवाह भएको ठिक पाँच बर्ष भएको छ । विवाहको पाँचौँ बर्षगाँठको उपलक्ष्यमा साहिदले इन्स्टाग्राममा श्रीमतीसंगको एक सुन्दर तस्विर पोष्ट गर्दै लेखेका छन्,‘पाँच वर्ष । एकै झट्कामा बित्यो । स–सानो कुरामा सुन्दरता देख्न थालेँ । ‘मिलेर सकिन्छ’ भन्ने कुराको अर्थ बुझेँ । तिमीसँग केही समय अझै बिताउन पाएँ । तिमी तिमी भइदिएकोमा धन्यवाद र मलाई अझ राम्रो बन्न सहयोग गरिदिएकोमा धन्यवाद । मेरी मायालु, ह्याप्पी एनिभर्सरी ।’

 

 

त्यस्तै उनकी श्रीमतीले पनि दुई जनाको तस्विर सेयर गर्दै आफु सारै भाग्यमानी भएको बताएकी छिन् । उनले साहिदलाई आफुलाई साथ दिएकोमा धन्यवाद दिदैँ आफुले धेरै प्रेम गर्ने बताएकी छिन् ।

 

 

 

 

हाल यी दुईका दुई सन्तान छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री