मंगलबार, २५ वैशाख २०८१

कोरियन भाषा परीक्षाको नातिजा सार्वजनिक

समयपोष्ट २०७६ असार १३ गते १४:३२

Advertisement

दशौं कोरियन भाषा परीक्षाको नातिजा सार्वजनिक भएको छ ।

जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले बिहीबार सार्वजनिक गरेको हो ।

परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ ।

कृषिमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जना परीक्षार्थी छनोट गर्ने कोटा निर्धारण गरेको छ ।

Advertisement

भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् । रोजगारीका लागि एक सम्भावित व्यक्ति भए पनि कोरियाका रोजगारदाताको छनोटमा पर्नेले मात्र रोजगारीको अवसर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री