बुधबार, २ जेठ २०८१

दुलहीले कुकुरसँग गरिन् डान्स, हेर्नुहोस् नब्बे लाखभन्दा बढीले हेरिसकेको भाइरल भिडियो

समयपोष्ट २०७६ असार १२ गते ११:५४

Advertisement

 

सेलिब्रिटी डग ट्रेनर सारा कार्सन डिवानले  कुकुरसँग डान्स गरेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ।  डिवानले हालै आफ्ना साथी ट्रेनर जोन डिभाइनसँग विवाह गरिन् ।

त्यसपछि उनले आफ्नो ७ वर्षको कुकुरसँग डान्स गरिन् । यो भिडियो तीब्र रुपमा सोसल मिडियामा भाइरल भइरहेको छ सारा आफैंले यो भिडियोलाई सोसल मिडियामा पोष्ट गरिन् । भिडियोमा सारा र उनको कुकुर फ्रि स्टाइलमा डान्स गरिरहेको देख्न सकिन्छ । नाच्ने क्रममा कुकुरले सारामािथ चढेर आफ्नो कला पनि देखायो ।

भिडियो पोष्ट ष्र्लै सासारले क्याप्सन लेखेकी छिन्, ‘आज मेरो लागि ठूलो दिन हो । म निकै खुसी छु कि जीवनको यात्रामा यो हिरो मसँगै रह्यो । हामीले साथमा एक उत्कृष्ट समय बितायौं ।’

Advertisement

भिडियो सेयर गरेपछि यो भाइरल हुन धेरै समय लागेन । अहिलेसम्म यसलाई ९० लाख बढीले हेरिसकेका छन् ।

 

Today was a big day! –So happy to have Hero by my side through my life’s journey. We had a Super Devine night ??

Posted by The Super Collies on Saturday, June 15, 2019

 

 

 

 

साराले डेली मेललाई भनिन्, ‘मैले ठूलो र गह्रुँगो पहिरन लगाएकी थिएँ जसका करण म निकै नर्भस थियौं । हामीले विवाहको दिन गरिने डान्स प्राक्टिस गरेका थिएनौं त्यसकारण मलाई के गर्ने भन्ने पनि थाहा थिएन । ’

साराले अमेरिका गट ट्यालेन्ट, टेलिभिजन शो र लाइभ स्टेजमा आफ्नो कुकुरसँग विभिन्न प्रस्तुती दिइसकेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री