बिहीबार, ३ जेठ २०८१

‘लाईभ शो’मैं नेताबाट कुटिए पत्रकार (भिडियो)

समयपोष्ट २०७६ असार १० गते १३:२९

Advertisement

एक नेताले संवाद प्यानलमा सहभागी एकजना पत्रकारमाथि कुटपिट गरेको भिडियो अहिले भाइरल बनेको छ । समाचार अनुसार,इस्लामावादस्थित ‘के २१ न्यूज’ मा ‘न्यूज लाइन विथ अफताब मुघेरी’ नामक कार्यक्रम चलिरहेको थियो ।

उक्त कार्यक्रममा स्टुडियोमा सत्ताधारी पिटीआईका मसरुर अलि सियाल र कराची प्रेस क्लबका प्रमुख इम्तियाज खान सहभागी थिए ।

दुबैका बीचमा बहस चर्किंदै गएपछि कार्यक्रममा कुटाकुटनै भयो । पिटिआई नेता आफ्नो सीट छोडेर पत्रकारलाई धक्का दिएर भूईमा खसाले  । त्यसपछि नेताले पत्रकारलाई कुटन शुरु गरे । घटनापछि पिटिआईको कडा निन्दा भइरहेको छ ।

 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री