आइतबार, २३ वैशाख २०८१

‘टिकटक’को लत बसेपछि महिलाले टिकटकमा लाइभ गर्दै गरिन् आत्महत्या (भिडियो)

समयपोष्ट २०७६ असार १ गते १५:४७

Advertisement

टिकटकको लत लागेकी एक महिलाले टिकटकमै लाइभ आत्महत्या गरेकी छन् । श्रीमानसँग सामान्य विवाद भएपछि भारत तमिलनाडु स्थिति अरियालुरकी  अनिथा नाम गरेकी महिलाले  “टिकटक” मा लाइभ गरेर आत्महत्या गरेकी हुन् ।

उनले बिष पिएर आत्महत्या गरेको भिडियोमा देख्न सकिन्छ ।  भारतीय संचार माध्यमहरुका अनुसार आत्महत्या गर्ने अनिथालाई “टिकटक” को लत नै लागेको थियो ।“टिकटक” कै विषयलाई लिएर परिवारमा दिनहुँ किचलो भएपछि अनिथाले आत्महत्या गरेको मिडियाहरुले बताएका छन् ।

धेरै “टिकटक” चलाएको भन्दै श्रीमानले गालि–गलौज गरेपछि अनिथाले आत्महत्या गरेको बताइएको छ ।आफ्नो अन्तिम भिडियोमा अनिथाले पतिलाई सम्बोधन गर्दै छोरा–छोरीलाई ध्यान दिन आग्रह गरेकी छन् ।

पतिलाई सम्बोधन गरेपश्चात महिलाले सेतो बोतलमा रहेको विष पिएको भिडियोमा देखिएको छ। प्राप्त जानकारी अनुसार विष पिए लगतै उनको मृत्यु भएको थियो । आत्महत्या गर्ने अनिथाका पति पलानीभेल सिंगापुर रहँदै आएका छन् । धेरै समय अगाडी देखि “टिकटक” को लत लागेकी अनिथाले दैनिक जस्तो भिडियो बनाउने गरेकी थिइन् ।

Advertisement

सोहि विषयलाई लिएर पति–पत्नी बीच झगडा हुने गरेको थियो । अनितालाई चिन्ने नजिकका महिला साथीहरुका अनुसार उनी “टिकटक” बिना बस्न नै सक्दैनथिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री