शनिबार, १५ वैशाख २०८१

अब चार क्लियरिङ बैंक मार्फत धितोपत्र कारोबार हुँने,‘सेन्ट्रलाइज आस्वा’पनि सञ्चालनमा

समयपोष्ट २०७४ असार १६ गते ९:४८

आगामी आइतबारबाट चार क्लियरिङ बैंक मार्फत धितोपत्र कारोबारको राफसाफ हुने हुँने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकगरी चार वटा बैंकबाट धितोपत्र कारोबारको राफसाफ हुने केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले जानकारी दिएको हो ।

Advertisement

कम्पनीले आज नयाँ कार्यालयको उद्घाटन गर्दे  राफसाफ बारे जानकारी दिएको छ ।  इन्भेष्टमेन्ट बैंकलाई मुख्य बैंकको रुपमा छनौट गरिएको सिडिएससीले जनाएको छ । 

आगामी असार १८ गतेबाट हुने सबै कारोबारहरु मल्टी क्लियरिङ बैंक मार्फत सेटलमेन्ट हुने  र यो प्रणाली धितोपत्रबजार विकासका लागि कोसेढुङा साबित हुने सिडिएसिले दाबी गरेको छ ।

यसकासाथै  सिडिएसिले सेन्ट्रलाइज आस्वा प्रणाली संचालनमा ल्याउने भएको छ । धितोपत्र खरिद सम्बन्धि दरखास्तको आवश्यक जाँचबुझ तथा हितग्राही खाता रुजु गर्नका लागि सम्पूर्ण निष्काशन प्रक्रियामा संम्लग्न निकायलाई एकै स्थानबाट केन्द्रिकृत रुपमा निष्काशन सम्बन्धि आवश्यक सेवा प्रदान गर्न  सेन्ट्रलाइज आस्वा प्रणाली संचालनमा ल्याउने भएको हो । 

यो प्रणाली हिमालयन पावर पार्टनरको आइपिओमा केही बैंक तथा वित्तीय संस्थाबाट सफलतापूर्वक परिक्षण गरिएको सिडिएससिले जनाएको छ । आगामी सार्वजनिक निष्कासनबाट यो सेवा अनिवार्य  लागू गरिने सिडिएसिले जनाएको छ । 

त्यस्तै सिडिएससिले हितग्राहीको सुविधाको लागि मेरो शेयर नामक सफ्टवेयर मार्फत अनलाइन सेवा समेत संचालनमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री