बिहीबार, १३ वैशाख २०८१

झोरमा झरना महोत्सव हुने,बरुणेश्वरको स्वच्छ मनले पुजा गरे नि:सन्तानलाई सन्तान प्राप्त हुने विश्वास

समयपोष्ट २०७४ असार १६ गते ७:३२

प्रमिला बानियाँ

Advertisement

टोखा नगरपालिका स्थित झोरमा श्रीकृण्ण बरुणेश्वर प्रथम झरना महोत्सव २०७४ आयोजना हुने भएको छ । धार्मिक,पर्यटकिय,साँस्कृतिक एवं पुरातात्विक क्षेत्रको विकास गर्न पहल गर्ने मुख्य उदेश्यले टोखा नगरपालिकाले आगामी श्रावण ९ गते देखि १६ गतेसम्म झरना महोत्सव आयोजना गर्न लागेको हो ।

संभवत नेपालमै पहिलोपटक झरनाको महत्व बुझाउँने हिसाबले महोत्सव आयोजना गर्न लागिएकोे झरना महोत्सव मुल आयोजक समितीकी सचिव यमुना पुडासैनीले जानकारी दिईन् । उनका अनुसार झरनाका अलावा महोत्सवमा घट्ट,जातो,ढिकीमा पिधेका खाद्य सामाग्री, अर्गानिक तरकारी,घरेलु हस्तकलाका सामाग्रीहरु प्रर्दशनमा राखिने छ ।  

श्रीकृण्ण बरुणेश्वर झरना काठमाडौँको सबैभन्दा ठूलो ढुंगाबाट झर्ने दुई झरना हो । दुवै झरना एउटै ढुंगाबाट झर्ने गर्दछ । यसको लम्बाई करीब तिस मिटर रहेको छ । शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र पर्ने यि दुई झरना जमिनबाट करीब १५०० मिटरको उचाईमा रहेका छन् । रिंगरोडबाट करीब ८ किलोमिटर उत्तर तर्फ अवस्थित उक्त धार्मिक एवं पर्यटकिय स्थलमा सयौँका सख्यामा कुण्डहरु समेत रहेका छन् । 
सानो गुफा र गुफा भित्र अवस्थित बरुणेश्वर महादेवको मन्दिर त्यहाँको अर्को आकषर्णको केन्द्र हो । उक्त स्थानबाट काठमाडौँ उपत्यकाको रमणिय दृश्य अवलोकन गर्न भिउ टावरको आवश्यकता पर्दैन । 

झरनाको धार्मिक महत्व यस्तो छ 

धार्मिक ग्रन्थ श्रीस्वस्थानीका अनुसार जब सतीदेवीले अग्नि कुण्डमा हाम फालेर देह त्याग गरिन् । श्री महादेवले उनको देहलाई बोकेर चारैतर्फ डुल्न लागे ।सोही समय उक्त स्थानमा सतीदेविको बायाँ स्तन पतन भयो । सती देवीको बायाँ स्तन पतन भएको हुँनाले त्यस ठाउँको नाम बरुडेश्वर रहन गयो । 

श्री महादेवले समुन्द्र मन्थनका बेला निस्किएको विष आफैले सेवन गरेका थिए । विष सेवन पछि त्यसको डाह मेटाउँन श्री महादेव चिसो ठाउँ अर्थात हिमालय पर्वत खोज्दै जाने क्रममा रसुवाको गोसाईकुण्ड तर्फ लागे । गोसाईकुण्ड जाने क्रममा महादेव एक रात बरुणेश्वरमा पुगि आराम गरी त्यसतर्फ प्रस्थान गरेको किवंदन्ति रहिआएको छ । 

यसका साथै सतिदेबीको अंग पतन भएपछि श्रीकृण त्यस ठाउँमा आएर तपस्या गरेको, श्रीकृण्णको तपस्याबाट खुसि भएर श्रीमहादेवले कृण्णलाई बरदान दिएका हुनाले त्यस झरनाको नाम श्रीकृष्ण बरुणेश्वर झरना रहन गएको कथन रहिआएको छ । 

bf1

नि:सन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास

श्रीकृष्ण बरुणेश्वर झरनामा गई स्नान गरेर श्री बरुणेश्वरको स्वच्छ मनले पुजा आराधना गरे प्रेमी र प्रमीका बिचको सम्बन्ध प्रगाढ रहने विश्वास रहिआएको छ । श्रीकृण्णले आर्शिवाद पाएकै कारण उक्त स्थानमा विशेष गरी महिला भक्तजनहरु एक पटक पुगेपछि पुनः जान रुचाउँने बताईन्छ ।

यसका साथै नि:सन्तान दम्पत्ति त्यहाँ पुगेर स्वच्छ मनले पुजा आराधना गरे सन्तान प्राप्त हुँने जन विश्वास रहिआएको छ ।

खडेरी लागेर लामो समयसम्म पानी नपर्दा नेवार समुदायका मानिसहरु बाजा गाजा सहित त्यहाँ गएर पुजा आजा गर्दा पानी पर्ने गरेको स्थानिय प्रमोद अधिकारी बताउँछन् । उनका अनुसार हरेक साल बरुणेश्वरमा नेवार समुदायले यस्तो धार्मिक अनुष्ठान गर्दै आएका छन् । 

कहिले कहिले विशेष पूजा

उक्त धार्मिक एवं पबित्र स्थलमा श्रावण महिनाभर दर्शनार्थीको विशेष भिड लाग्ने गर्छ । विशेषगरी सोमबार,श्रीकृण्ण जन्माष्टमी ,शिवरात्री,बैकुण्ठ चर्तुशी ,तिज,दशैको नवरात्रीको नवै दिन विशेष पुजा आजा गर्ने गरिन्छ ।  यसैगरी बाला चर्तुदशीका दिन त्यहा बिशेष किसिमको पुजा हुँने स्थानिय बताउँछन् । 

bf

प्रतिक्रिया

सम्बन्धित सामाग्री