बुधबार, १२ वैशाख २०८१

कमिशनबाट भ्याट बुझाउँनुपर्ने भएपछि बिहिबारको सेयर कारोबार बन्द

समयपोष्ट २०७४ असार १५ गते ७:०७

सरकारले सयेर ब्रोकरहरुले लगानीकर्ताबाट असुल्दै आएको कमिशन रकमबाट भ्याट बुझाउन निर्देशन दिएपछि बिहिबारको सेयर कारोबार प्रभावित भएको छ । 

Advertisement

महालेखा परीक्षकको कार्यालयले ब्रोकरको कमिसनमा पनि भ्याट लगाउनुपर्ने भन्दै अर्थमन्त्रालयलाई बेरुजु लेखेपछि सरकारले आर्थिक बर्ष २०६९/७० देखि अहिलेसम्मको भ्याटको रकम बुझाउन ब्रोकरलाई पत्र काटेको हो ।

आन्तरिक राजस्व बिभागलेले दुई ब्रोकर कम्पनीलाई पुरानो भ्याट, जरिवाना र त्यसमा लाग्ने ब्याज भुक्तानी गर्न पत्र लेखेको छ । बाँकी ब्रोकरलाई फूल अडिटका लागि पत्र लेखेको छ। कार्यालयले सबै ब्रोकर कम्पनीहरुलाई भ्याटमा दर्ता हुनसमेत निर्देशन दिएको छ । 

ब्रोकर नम्बर ५३ इन्भेष्टमेन्ट म्यानेजमेन्ट र ५२ नम्बर ब्रोकर सुन्धारा सेक्युरिटीजलाई पुरानो सबै भ्याट तिर्न पत्र लेखेको छ भने भ्याट दायित्व अनुसार ५२ नम्बर ब्रोकरलाई ६० लाख र ५३ नम्बर ब्रोकरलाई डेढ करोड रुपैयाँ भ्याट बुझाउन निर्देशन दिइएको छ।

बिभागले  सेयर कारोबारमा लगानीकर्ताबाट असुली गरिएको सेवा शुल्कमा मूल्य अभिबृद्धि कर लाग्ने भन्दै महालेखापरीक्षकको कार्यालयले २०७१ सालमै सरकारी निकायहरुलाई निर्देश गरेकोले मातहतका कर-कार्यालयहरु सोही बमोजिम परिचालित भएको जनाएको छ ।

अहिले ५० वटा ब्रोकरहरु सञ्चालनमा छन् । बाँकी ४८ ब्रोकरले पत्र नपाए पनि औसतमा तीन करोडमाथि भ्याट बुझाउनु पर्ने हुन्छ।

सेयर दलाल कमिशन ०.६ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कायम भएको छ । पहिले यो रकम कारोबार रकमको एक प्रतिशतसम्म थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री