शनिबार, ८ वैशाख २०८१

शैक्षिक अनुशासन र रिजल्ट हाम्रो प्रमुख विषेशता हो :रवीन्द्रजंग थापा

समयपोष्ट २०७४ असार १५ गते ३:२३

अध्यक्ष, रिलायन्स इन्टरनेसनल कलेज 
रिलायन्स इन्टरनेसनलले एकेडेमीबाट विस्तार हुँदै अहिले हामी रिलायन्स ग्रुप अफ एजुकेसनमा प्रवेश गरिसकेका छौं । यस अन्तर्गत रिलायन्स कलेज, रिलायन्स इन्टरनेसनल एकेडेमी स्कुल, रिलायन्स पब्लिक स्कुल र रिलायन्स किड्स स्कुलजस्ता शैक्षिक संस्था सञ्चालन हुन्छन् । प्लस टु प्रोग्राम २०६० सालदेखि सुरु गरेका हौं । शैक्षिक अनुशासन र रिजल्ट हाम्रो प्रमुख विशेषता हो । 

Advertisement

शैक्षिक संस्थाहरूमा समय–समयमा म्यानेजमेन्टहरू परिवर्तन भैरहने, राम्रो रिजल्ट नआउने, उमेरका कारण विद्यार्थीलाई नियन्त्रण गर्न समस्या हुने लगायतका कुरा हाम्रो देशमा कल्चरकै रूपमा रहेको देखिन्छ । तर, रिलायन्समै विद्यार्थी किन आउने त भन्दा यहाँ सबै किसिमका विद्यार्थीले पढ्न सक्छन्, यहाँको फि अफोर्डडेबल छ । प्रत्येक वर्ष रिजल्टमा हाम्रो कलेजले कन्सिस्टेन्सी कायम गर्न सफल भएको छ । विद्यार्थीको मनोविज्ञान बुझेर व्यवहार गरिने हुँदा अनुशासनको पक्ष बलियो छ । यहाँ पुराना अनुभवी टिचरको टिम छ । प्रशासनमा पनि स्थापनाकालदेखिकै अनुभवी प्रशासक रहेका कारणले पनि यो कलेजलाई अभिभावक तथा विद्यार्थीले रुचाएका छन् । 

लहैलहैमा विषय छनौट नगरौं

विश्व परिवेश अनुसार विद्यार्थीको मूल्यांकन विधिमा ग्रेडिङ सिष्टम आयो । त्यो कुराले केही अन्योलजस्तो त देखिन्छ । त्यही पनि गत वर्षभन्दा सहजता कायम गर्र्दै गइरहेको छ । ग्रेडिङले गर्दा विद्यार्थीले कलेज, विषय छनौट गर्नुभन्दा पनि विद्यार्थी आफैंले मनदेखि म कुन विषयमा सफल हुन सक्छु, खुसी हुन सक्छु, सिर्जनात्मक योगदान दिन सक्छु भन्ने हिसाबले विषय छान्नुपर्छ । ए प्लस आयो भने साइन्स अथवा म्यानेजमेन्ट नै पढ्नुपर्छ भन्ने होइन । भोलिको करिअर कहाँ छ, त्यो कुरामा विद्यार्थी स्पष्ट हुनुपर्छ । 

विद्यार्थीको रुचि कता छ, उसको करिअर केमा राम्रो हुन्छ भन्ने कुरा तुरुन्ता तुरुन्तै निर्णय गर्ने होइन । यो प्राइमरी, प्रि प्राइमरी लेभलदेखि नै बच्चाले बुझ्दै महसुस गर्दै जानुपर्छ । विभिन्न छनौट दिँदै त्यसबारे जानकारी गराउँदै नौ÷दशसम्म पुग्दा उनीहरूको मानसिकता बन्छ । त्यसमा अध्ययन गरेको विद्यालयले पनि सल्लाह दिनुपर्छ । मध्यमवर्ग, निम्नवर्गको अभिभावकलाई त्यो ज्ञान नहुन पनि सक्छ । जब नतिजा आउँछ अनि मानिसले सोच्न थाल्छ । नतिजा आएपछि बच्चाको रुचि सोध्ने होइन । सानैदेखि बच्चालाई उसको रुचि के छ महसुस गराएर अभिभावक शिक्षकले सही सल्लाह दिनुपर्छ । बच्चासँग पनि उसले कति बुझेको छ, उसको धारणा बुझ्नुपर्छ । त्यसरी अभिभावक, विद्यार्थी र शिक्षक बसेर छलफल गरेर विषय छनौट गर्दा त्यो दूरदर्शी हुन्छ । त्यो निर्णय बच्चाका लागि उपयोगी हुन सक्छ । साथीभाइको लहैलहैमा लागेर विषय छनोट गर्दा धेरै गल्ती हुन सक्छ । बीचबीचमा बच्चाले स्ट्रिम चेन्ज गरिरहने अवस्था नआओस् । पछि बच्चासँग त्यसलाई करेक्सन गर्ने मौका हुँदैन ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री