शुक्रबार, १४ वैशाख २०८१

फोहोरबाट बिजुली उत्पादन गर्ने प्लाण्ट आजबाट सञ्चालनमा

समयपोष्ट २०७४ असार १३ गते ८:२९

काठमाडौं महानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी गत वर्ष तयार पारिएको फोहोरबाट बिजुली निकाल्ने ‘बायोमिथानेशन’ प्लान्टको उद्घाटन गरिएको छ । प्लान्टको  मंगलबार महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य र नेपालका लागि युरोपियन युनियनका राजदुत रेन्सजे टीरिन्कले संयुक्त रुपमा उदघाटन गरे ।

Advertisement

युरोपियन युनियनको ८० प्रतिशत आर्थिक सहयोगमा निर्माण गरिएको हो यो प्लान्ट जम्मा हुँने फोहोरबाट बिजुली निकाल्न तयार गरिएको हो । टर्वाइन जडान गरिएको यस प्लान्टले काठमाडौंमा दैनिक जम्मा हुने ३ टन फोहोरबाट १४ किलोवाट बिजुली निकाल्ने  छ । 

एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना अन्र्तगत सञ्चालनका आएको प्लान्टबाट दैनिक ३ सय किलोग्राम जैविक मल , ९६ किलोग्राम बायो ग्याँस र ५ सय लिटर प्रशोधित पानी उत्पादन हुन्छ ।

यो परियोजनाको सञ्चालनबाट वाषिर्क सरदर २ हजार ५ सय टन बराबरको कार्वनडाईअक्साइड ग्याँस उत्सर्जनमा कमी आउने अपेक्षा  गरिएको छ ।

महानगरपालिकाका अनुसार ३ वर्ष लगाएर संचालनमा ल्याइएको प्लान्टले फोहोरबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ ।  

यो प्लान्टबाट १४ देखि २० किलोवाटसम्म बिजुली निकल्ने महानगरपालिकाले जनाएको छ ।

प्लान्ट स्थापनापछि फोहोरबाट विजुली निकालिने विषयमा अध्ययन तथा अवलोकनका लागि भारत नै जानुपर्ने अनुसन्धानकर्ता र विद्यार्थीको बाध्यता  हट्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री