मंगलबार, ११ वैशाख २०८१

हुण्डाईको ‘शतप्रतिशत नगद फिर्ता योजना’,इयोन ट्याक्सी खरीद गर्ने भूकम्पपीडितले शतप्रतिशत रकम फिर्ता पाउँने

समयपोष्ट २०७४ असार १३ गते ८:१०

हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले  इयोन ट्याक्सी किन्ने भुकम्पपीडितलाई ‘शतप्रतिशत नगद फिर्ता योजना’ सार्वजनिक गरेको छ ।नेपाल सरकारले लक्की-ड्रबाट घोषणा गरेको १५ सय भाग्यशाली ट्याक्सी नम्बर विजेताका लागि कम्पनीले नगद फिर्ता योजना घोषणा गरेको हो ।

Advertisement

 योजना अन्र्तगत  इओन ट्यक्सी खरीद गर्ने भूकम्पपीडित मध्येबाट एक जना भाग्यशाली ग्राहकले शतप्रतिशत रकम फिर्ता पाउँनेछन् । यसका साथै ग्राहकले  इओन ट्याक्सीको खरिदमा आकर्षक नगद छुट,१ वर्ष सम्म निःशुल्क सर्भिसिङ,१ वर्ष वारेन्टी,वित्तिय तथा विमा सुविधा पाउँनेछन् । 

साथै कम्पनीले सम्पूर्ण कानुनी प्रक्रिया समेत पुरा गर्ने जनाएको छ । भूकम्पपीडितहरुको सहयोगमा नेपाल सरकारले चालेको कदममा हुन्डाईले यो योजना मार्फत योगदान दिने प्रयास गरेको र यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री