शनिबार, १५ वैशाख २०८१

उपत्यकाको धार्मिक एवं पर्यटकिय स्थल फ्रि-वाईफाई जोन बन्दै

समयपोष्ट २०७४ असार १३ गते ५:१७

काठमाडौं महानगरपालिकाले पर्यटकिय महत्व बोकेका धार्मिक एवं पर्यटकिय स्थलमा नि:शुल्क इन्टर्नेट सेवा उपलब्ध गराउँने भएको छ । महानगरपालिकाले उपत्यकाको पशुपतिनाथ मन्दिर वरपर ,बालाजु बाईसधारापार्क, स्वयम्भू, हनुमानढोका क्षेत्रमा नि:शुल्क इन्टर्नेट सेवा उपलब्ध गराउँने भएको हो । 

Advertisement

पर्यटकलाई थप सुविधा दिनका लागि महानगरपालिकाले निःशुल्क इन्टर्नेट उपलब्ध गराउँन लागेको जनाएको छ । पर्यटकले इनटर्नेट सेवा लिन अतिरित्त शुल्क बुझाउँनु पर्नेछैन । यसका लागि प्रवेश शुल्कमा तिरेकै पैसाले सेवा लिन सक्ने महानगरपालिकाले जनाएको छ । 

इनटर्नेटका लागि छिट्टै टेन्डर आह्वान गर्ने तयारी महानगरले गरेको छ । काठमार्डौको बालाजु स्थित बाईसधारापार्कमा भने इन्टर्नेटका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा काम सुचारु हुने महानगरपालिकाले जनाएको छ । 
एक वर्षअघि रत्नपार्कमा इन्टर्नेट राखेको महानगरले पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि अन्य स्थानमा पनि राख्ने तयारी गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री