बिहीबार, १३ वैशाख २०८१

टुरिजमले संचालनमा ल्यायो इएमभी चिपमा आधारित कार्ड

समयपोष्ट २०७४ असार १२ गते ४:२०

टुरिजम डेभलपमेन्ट बैंकले इएमभी चिपमा आधारित भिसा डेविट कार्ड र अन्तर्राष्ट्रिय ट्राभल कार्ड संचालनमा ल्याएको छ । बैंकले पत्रकार सम्मेलन मार्फत कार्ड सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।

Advertisement

बैंकका अनुसार भिसा अन्तर्राष्ट्रिय ट्राभल कार्ड मार्फत विश्वको जुनसुकै ठाउँमा त्यहीको स्थानीय मुद्रामा पैसा निकाल्न र भुक्तानी गर्न सकिने छ । नेपाल र भारतका एक लाख भन्दा बढी एटीएममा चल्ने यो कार्ड सुरक्षित रहेको बैंकको दाबी छ ।

अन्य बैंकभन्दा सस्तो शुल्कमा भिसा डेविट तथा अन्तर्राष्ट्रिय ट्राभल कार्ड जारी गरेको बैंकले दाबी गरेको छ । यसंगै बैंकले स्मार्ट मोबाइल बैंकिङ सेवा समेत सुरु गरेको छ ।

जिपिआरएस वा वार्इफार्इबाट ग्राहकले विश्वकै कुनैपनि ठाउँबाट आफ्नो खाताबाट कारोबार गर्नसक्ने बैंकले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री