बुधबार, २६ वैशाख २०८१

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश वितरण गर्ने

समयपोष्ट २०७४ असार ११ गते ६:२९

गतबर्ष १५ प्रतिशत बोनश तथा १० प्रतिशत नगद लाभांश वितरण गरेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पुन:सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

Advertisement

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको गरेको छ । असार १३ गतेसम्म कायम सेयरधनीले साधारसभाबाट पारित लाभांश पाउँनेछन् । बोनसपछि कम्पनीको पूँजी करिब ९ करोड ८० लाख पुग्नेछ ।

चुक्ता पूँजी ८ करोड १६ रुपैयाँ रहेको कम्पनीले असार २९ गते ५० औं वार्षिक साधारणसभा गर्ने मिति तय गरेको छ । साधारणसभाका लागि कम्पनीले 

असार १४ गते बुक क्लोज गर्ने भएको छ ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री