शनिबार, ८ वैशाख २०८१

कामना विकास बैंकको हकप्रद आजबाट खुल्यो

समयपोष्ट २०७४ असार ११ गते ६:०९

कामना विकास बैंकले ३० प्रतिशत हकप्रद निश्कासन गरेको छ ।  बैंकले २४ करोड १३ लाख १३ हजार ७६० रुपैयाँको एक सय अङ्कित दरका २४ लाख १३ हजार १ सय ३७.६० कित्ता हकप्रद निश्कासन गरेको हो ।

Advertisement

असार ११ गते आईतबारबाट निश्कासन भएको हकप्रद सेयरमा लगानीकर्ताले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटललाई तोकेको छ ।

लगानीकर्ताहरुले कामना विकास बैंकको सम्पुर्ण शाखा कार्यलयहरुबाट समेत आवेदन दिन सक्नेछन् । बैंकको हकप्रदमा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर,वीरगञ्ज, बुटवल, नेपालगञ्ज र धनगढी शाखाहरुबाट समेत लगानीकर्ताले आवेदन बुझाउन सक्नेछन् ।

चुक्ता पूँजी ८० करोड ४३ लाख रुपैयाँ रहेको बैंकको हकप्रदमा मंसिर १० गते सम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद जारी पछि बैंकको चुक्ता पूँजी एक अर्ब चार करोड ५६ लाख ९२ हजार रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री