शनिबार, १५ वैशाख २०८१

शतप्रतिशत हकप्रद बिक्री गरेको भार्गवले पुन:८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

समयपोष्ट २०७४ असार ९ गते ६:३६

नेपालगन्ज बाँकेमा रहेको भार्गव विकास बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले  २१ करोड १२ लाख रुपैयाँ बराबरका २१ लाख १२ हजार कित्ता हकप्रद सेयर निष्काशन गने भएको हो । गत फागुनमा शतप्रतिशत हकप्रद बिक्री गरेको बैंकले राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याउँन थप हकप्रद बिक्री गर्न लागेको हो । एनएमबि क्यापिटल बैंकको सेयर बिक्री प्रबन्धकमा नियुक्त भएको छ । 

Advertisement

सेयर निष्काशन सम्बन्धि सम्झौतामा भार्गव विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशी तथा एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।

शतप्रतिशत हकप्रद पश्च्यात बैंकको चुक्ता पूँजी २६ करोड ४० रुपैँया पुगेको छ । ८० प्रतिशत हकप्रद बिक्री पछि बैंकको पूँजी ४७ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री