शनिबार, ८ वैशाख २०८१

साताको अन्तिम दिन नेप्से ४.८० अंकले बढेर १५५९.४९ विन्दुमा

समयपोष्ट २०७४ असार ८ गते ९:४९

साताको अन्तिम दिन बिहिबार नेप्से ४.८० अंकले बढेर १५५९.४९ विन्दुमा पुगेको छ । बिहिबार १३९ कम्पनीको ६७ करोड १८ लाख रुपैयाँ बराबरको सेयर खरीद बिक्री भयो । कारोबार रकम अघिल्लो दिनको भन्दा २१ करोड बढी हो । कारोबारमा विमा बाहेकका सबै समूह सकारात्मक रहेपछि बजार बढेको हो ।

Advertisement

बिहिबार विमा समूह ३३ अंकले ओरालो लागेको छ । होटल,विकास बैंक, जलविद्युतको सूचक दोहोरो अंकले बढ्दा वाणिज्य बैंक, वित्त, उत्पादन र अन्य समूह एकल अंकले उकालो लागेका छन ।

विहीबारको सेयरबजारमा प्रभु बैंकको संस्थापक सेयर  १४ करोड बढी किनबेच भयो भने एभरेष्ट बैंकको ४ करोड बढीको सेयर कारोबार भयो ।

विहीबार युनाईटेड फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशत,एभरेष्ट बैंक र गुडविल फाइनान्सको सेयरमूल्य ४ प्रतिशत बढीले उकालो लागेको छ ।

 विहीबारको  कारोबारमा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले ओरालो लागेको छ । एभरेष्ट बैंक संस्थापक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास लगायतका कम्पनीको सेयरमूल्य सेयरमूल्य घटेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री