बिहीबार, १५ चैत २०८०

डा. किरण रेग्मी स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त

समयपोष्ट २०७४ असार ८ गते ९:१३

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मी नियुक्त भएकी छिन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले डा. रेग्मीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल सरकारमा रेग्मीको नियुक्तिसँगै बहालवाला महिला सचिवको संख्या दुई पुगेको छ । हाल याम कुमारी खतिवडा सचिव पदमा छिन् ।

Advertisement

अघिल्लो साता बढुवा समिति बैठकले स्वास्थ्य सचिवमा डा. रेग्मीको नाम मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । डा. रेग्मी स्वास्थ्य सचिवका लागि एकमात्र उम्मेदवार थिइन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री