शुक्रबार, १६ चैत २०८०

रिलायबल माइक्रोफाइनान्सले जारी गर्ने भयो ५० प्रतिशत हकप्रद

समयपोष्ट २०७४ असार ८ गते ७:४४

रिलायबल माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । संस्थाले १०० रुपैयाँ दरका २ लाख ८२ हजार ५०० कित्ता हकप्रद असार २५ देखि साउन २९ सम्म जारी गर्ने भएको हो । 

Advertisement

चुक्ता पूँजी ५ करोड ६५ लाखमा २ कित्ता साधारण सेयर  बराबर थप एक कित्ताको अनुपातमा हकप्रद  जारी गरेको संस्थाले जनाएको छ । 

यसैगरी संस्थाले हकप्रद निष्कासनका लागि असार १६ गते बुक क्लोज गर्ने  भएको छ । संस्थाको हकप्रदमा असार १५ गतेसम्म कायम भएका शेयरधनीले आवेदन दिन पाउने छन् । 

संस्थाको हकप्रदमा सिभिल क्यापिटल मार्केट, रिलायबल माइक्रोफाइनान्सको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरु ,रिलायबल डेभलपमेन्ट बैंक तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन  सकिन्छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री