शुक्रबार, १६ चैत २०८०

सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो बिजी मलमा सुरु, लक्की-ड्र मार्फत ग्राहकलाई स्मार्टफोन

समयपोष्ट २०७४ असार ८ गते ६:३९

काठमाडौंको गोगंबुस्थित बिजी मलमा सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो सुरु भएको छ । बुधबारबाट सुरु भएको एक्स्पो असार १७ गतेसम्म चल्ने आयोजकले जनाएको छ । एक्स्पो अवधिभर बिजी मलका सबै फेन्सी पसलहरुमा ग्राहकहरुले २५ प्रतिशतसम्म छुट पाउने छन् । साथै प्रत्येका दिन मलमा आउने ग्राहकले लक्की-ड्र मार्फत एउटा स्मार्टफोन र पाँच जनाले सेल्फी स्टीक जित्नसक्ने एक्सपोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।

Advertisement

मलका अनुसार एक्स्पो अवधिभर १० हजार रुपैंया भन्दा बढी मूल्यको मोबाइल खरिद गर्ने ग्राहकलार्इ अनिवार्य रुपमा आकर्षक उपहार उपलब्ध गराईने र मोबाइल खरिद गर्ने मध्ये दुई जनालाई नगद फिर्ता गरिनेछ । साथै प्रत्येक दिन दुई जनालाई बिएसआर मुभिजको टिकट तथा बेसिल क्याफेका तर्फबाट लञ्च कुपन नि:शुल्क उपलब्ध गराइने मलले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री