मंगलबार, ११ वैशाख २०८१

रैराङ हाइड्रोपावरको आईपिओमा आवेदन दिनुभयो ? आज आवेदन दिने अन्तिम दिन

समयपोष्ट २०७४ असार ८ गते ६:१०

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको साधारण सेयरमा आवेदन गर्ने विहीबार अन्तिम मिति हो ।  कम्पनीले  गत जेठ २५ गतेदेखि 

Advertisement

आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि  एक सय रुपैयाँ अंकित दरको पाँच लाख ६० हजार कित्ता आइपीओ निष्काशन गरेको  थियो ।

रैराङले निष्काशन गरेको पाँच लाख ६० हजार कित्ता साधारण सेयर मध्ये दुई लाख २४ हजार कित्ता सेयर आयोजनाबाट प्रत्यक्ष प्रभावित हुने पाँचथरको थर्पु र ताप्लेजुङको साब्लाखु गाविसका स्थानीयलाई छुट्याईएको छ भने तीन लाख ३६ हजार कित्ता सेयरमा भने पाँचथर र ताप्लेजुङका सबै सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

स्थानीय बासीन्दाले साधारण सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम २८ सय कित्तासम्म आवेदन गर्न पाउने कम्पनीले जनाएको छ । 

एस क्यापिटल लिमिटेड कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । कम्पनीको साधारण सेयरमा सिभिल बैंकको पाँचथरको साविक थर्पु गाविसको मेदिबुङ बजार र फिदिम शाखाबाट आवेदन गर्न सक्नेछन् ।

त्यस्तै माछापुच्छ्रे बैंकको फिदिम शाखा, एनआइसी एशिया बैंकको फिदिम शाखा, एनएमबि बैंकको फिदिम शाखा र ताप्लेजुङको फुङलिङ शाखाबाट समेत आवेदन गर्न सक्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री