शुक्रबार, १४ वैशाख २०८१

साउदी सरकारले गैर साउदी नागरिकलाई आश्रित कर लगाउने

समयपोष्ट २०७४ असार ८ गते ५:४२

साउदी अरेबियाले आगामी जुलाई एक तारिखदेखि आश्रित कर अर्थात पारिवारिक कर लगाउने भएको छ । साउदीले डिपेन्डेट भिसामा साउदी पुगेका गैर साउदी नागरिकलाई आश्रित कर लगाउने भएको हो । 

Advertisement

यससंगै साउदी पुगेका गैर साउदी नागरिकले साउदी सरकारलाई मासिक एक सय रियाल आश्रित कर बुझाउँनुपर्नेछ । साउदी अरबमा काम गरिरहेका विदेशी नागरिकहरुले आफ्नो साथ परिवार राख्न चाहेमा साउदी सरकारलाई आश्रित कर तिर्नुपर्ने छ ।  

आगामी जुलाई एकदेखि आश्रित कर बापत प्रति महिना प्रति व्यक्ति एक सय रियाल अर्थात नेपाली करिब २८ सय रुपैयाँ  विदेशी नागरिकले साउदी सरकारलाई तिर्नुपर्नेछ । 

साउदी सरकारका अनुसारं यो कर हरेक बर्ष एक सय रुपैयाँका दरले बढ्दै जानेछ । कर बढ्दै जाँदा सन् २०२० सम्म एक आश्रित व्यक्तिले प्रति महिना ४०० रियाल अर्थात नेपाली झण्डै १२ हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।

हाल साउदी अरबमा झण्डै १० लाख नेपाली श्रम स्वीकृति लिएर काम गरिरहेका छन् । साउदी सरकारले ५ हजार रियाल तलब हुनेलाई मात्र पारिवारिक भिसा दिने गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री