शनिबार, ८ वैशाख २०८१

‘एयरलाइन अफ द इयर’ उपाधीबाट कतार एयरवेज सम्मानित

समयपोष्ट २०७४ असार ८ गते ४:५६

कतार एयरवेज 'एयरलाइन अफ द इयर' उपाधीबाट सम्मानित भएको छ । बुधबारपेरिस एयर शोमा आयोजित बहुप्रतिष्ठित २०१७ स्काइट्रयाक्स वल्र्ड एयरलाइन अवार्डमा कतार एयरवेजलाई सम्मान गरिएको हो । 

Advertisement

यससंगै  विश्वकै उत्कृष्ट एयरलाइनको उपाधी कतार एयरवेजले पाएको यो चौथो पटक  हो । एयरवेजलाई विश्व भरका यात्रीद्वारा प्रदान गरिएको भोटका आधारमा उत्कृष्ट एयरलाइनको उपाधी प्रदान गरिएको हो । उक्त कार्यक्रमा एयरवेजले  बेष्ट एयरलाइन इन द मिडल इष्ट, वल्र्ड्स बेष्ट बिजनेश क्लास र बेष्ट फस्र्ट क्लास एयरलाइन लाउन्ज लगायत प्रमुख उपाधी समेत हात पारेको छ । 

यसैगरी यस बर्षपनि कतार एयरवेजको ‘होम एण्ड हब’ हमाद ईन्टरनेशनल एयरपोर्टलाई स्काइ ट्रयाक्सद्वारा पाँच तारेको उपाधी प्रदान गरिएको छ । यो उपाधी हमाद ईन्टरनेशनल एयरपोर्ट लगायत विश्वका अन्य ४ विमान स्थललाई मात्र प्रदान गरिएको  विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री