शुक्रबार, १४ वैशाख २०८१

सुडानको घोटाला प्रकरणमा दोषी ठहरिएका दुई पूर्वआइजीपी सहित चार जना जेल चलान

समयपोष्ट २०७४ असार ७ गते ११:१३

सुडानको घोटाला प्रकरणमा मुछिएका दुई पूर्वआइजीपी सहित चार जनालाई बुधबार जेल चलान गरिएको छ । सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारागार चलान गरिएको हो । 

Advertisement

आज उनीहरुले सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।  उनीहरुलाई अदालतको अदोश बमोजिम जेल चलान गरिएको हो । 

सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गरेको थियो । 

उनीहरुलाई अदालतले जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री