बिहीबार, १५ चैत २०८०

सेयरबजार ३.६२ अंकले बढ्यो,एभरेष्ट बैंकको सेयर सबैभन्दा बढी कारोबार

समयपोष्ट २०७४ असार ७ गते १०:३५

बुधबार सेयरबजार ३.६२ अंकले बढेर १५५४.६९ विन्दुमा पुगेको छ । बुधबार १५२ कम्पनीको करिब ४६ करोड ७५ लाख बराबरको सेयर किनबेच भयो । कारोबार रकमको अघिल्लो दिनको तुलनामा १२ करोड कम हो । 

Advertisement

बुधबारको सेयरबजारमा एभरेष्ट बैंकको सबैभन्दा धेरै चार करोड बढीको सेयर कारोबार भयो । त्यस्तै स्ट्याण्र्डड चार्टर्ड बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको पनि दुई करोड बढीको सेयर खरिद बिक्री भएको छ । बुधबारका दिन फरवार्ड वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढीले उकालो लागेको छ भने कर्णाली डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स, मितेरी डेभलपेमेन्ट लगायतको सेयरमूल्य पनि सामान्य बढेको छ ।

हिमालयन डिष्टलरीका लगानीकर्ताले सबैभन्दा धेरै सात प्रतिशतले गुमाएको बजारमा सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, काबेली विकास बैंक लगायतको कम्पनीको सेयरमूल्य घटेको छ ।

कारोबारमा आएका जलविद्युत, फाइनान्स, उत्पादन र अन्य समूह नकारात्मक रहेपनि वाणिज्य बैंक लगायत विकास बैंक, जलविद्युत, होटल र विमा समूह सकारात्मक रहेपछि समग्र नेप्से सामान्य बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री