मंगलबार, ४ वैशाख २०८१

सिभिल बैंकले असार १८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने

समयपोष्ट २०७४ असार ७ गते १०:१८

भर्खरै मात्र  हामा मर्चेन्ट एण्ड फाईनान्स र यूनिक फाईनान्सलाई प्राप्ती गरेको सिभिल बैंकले असार १८ गतेबाट  एकीकृत कारोबार सुरु गर्ने भएको छ । 

Advertisement

हामा मर्चेन्ट एण्ड फाईनान्स र यूनिक फाईनान्सलाई प्राप्ती गर्न अन्तिम स्वीकृती पाएसँगै बैंकले  सिभिल बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो । हामा मर्चेन्ट एण्ड फाईनान्स र यूनिक फाईनान्सलाई प्राप्ती गर्न राष्ट्र बैंकले असार १ गते र कम्पनी रजिष्टार कार्यालयले असार ४ गते अन्तिम स्वीकृती प्रदान गरेका थिए ।  

एकीकृत कारोबारका गर्ने प्रयोजनका तथा तथ्याङ्क मिलानका लागि हामा र युनिक दुबै फाईनान्सको वित्तीय कारोबार असार १६ गते बन्द हुने भएको छ । सोही दिन सिभिल बैंकको सन्ध्याकालिन सेवा समेत बन्द हुने बैंकले जनाएको छ । 

एकीकृत कारोबार पश्चात सिभिल बैंकको सेयर स्वाप अनुपात बमोजिम दुबै फाइनान्सको सेयरधनीहरुलाई सिभिल बैंकको सेयरधनी कायम गर्न असार ११ गतेदेखि दुबै फाइनान्सको सेयर अभौतिकिकरण गर्ने कार्य रोक्का हुने बताईएको छ ।  त्यस्तै बैंकले फाईनान्सका सेयरधनीहरुलाई सिभल बैंकको चेक लिएर फाईनान्सको चेक प्रतिस्थापन गर्न भनेको छ ।

चुक्ता पूँजी पाँच अर्ब नौं करोड १५ लाख ७९ हजार रुपैयाँ  रहेको  बैंकले एक कित्ता सेयर बराबर युनिक फाईनान्सको शुन्य दशमलव ९० कित्ता र हामा मर्चेन्टको शुन्य दशमलव ८९ कित्ता सेयर अनुपातमा प्रदान गरी प्राप्ती गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री