बिहीबार, १३ वैशाख २०८१

टुरिजमको हकप्रदमा नबिकेको सेयर लिलामीमा

समयपोष्ट २०७४ असार ७ गते ६:२६

टुरिजम डेभलपमेन्ट बैंकले हकप्रदमा नबिकेको सेयर लिलामीमा राखेको छ । बैंकले साधारण र संस्थापक सेयर गरी ७ लाख चार हजार ७३८ कित्ता सेयर लिलामीमा राखेको हो ।

Advertisement

बैंकले गत चैत १३ गतेदेखि बैशाख २६ गतेसम्म शतप्रतिशत हकप्रद सेयर विक्रीका लागि राखेको थियो ।  

बैंकले २ लाख ६६ हजार ५३७ कित्ता साधारण सेयर तथा ४ लाख ३८ हजार २०० कित्ता संस्थापक सेयरको लिलामी खुलाएको हो । 

बैंकको लिलामीको सेयरमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री