बुधबार, १२ वैशाख २०८१

शेयर बजार २०.८२ अंकले घट्यो, एभरेष्ट इन्स्योरेन्सको शेयर सबैभन्दा बढी खरिद

समयपोष्ट २०७४ असार ५ गते १०:४१

सोमबार शेयर बजार २०.८२ अंकले घटेर १५५५.१६ झरेको छ।  क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.२९ अंकले घटेर ३३०.३७ अंकमा झरेको छ । 
सोमवार १३७ कम्पनीका आठ लाख कित्ता शेयर ६४ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। ६ सय प्रतिशत घोषणा गरेको एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी शेयर खरिद बिक्री भएको छ। एभरेष्टको १५ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको छ। कारोबार रकमकै आधारमा एभरेष्ट बैंक दोस्रो स्थानमा रह्यो। बैंकको करिब ६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
 
आज बैंक २०.३८, होटल १६.६२, विकास बैंक २१.३१, जलबिद्युत १८.५१, फाइनान्स १०, इन्स्योरेन्स १४२.८९, उत्पादनमुलक २३.२५ र अन्य २.३१ अंकले घटेका छन्। सोमबार २० अंकको गिरावटमा पनि तारा गाउँ रिजेन्सी होटलले सबै भन्दा बढी करिब चार प्रतिशत कमाएको छ ।   

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री