बिहीबार, १३ वैशाख २०८१

एनबी इन्स्योरेन्सको हकप्रद आजबाट खुल्यो

समयपोष्ट २०७४ असार ५ गते ५:३८

एनबी इन्स्योरेन्स कम्पनीले सोमबारबाट हकप्रद सेयर बिक्री सुरु गरेको छ । कम्पनीले जेठ २ गतेसम्म कायम भएका सेयर धनीहरुका लागि साउन ९ गतेसम्म हकप्रद बिक्री सुरु गरेको हो । 

Advertisement

 
कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरमा २७ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ५४ करोड पुग्ने छ । यसपछि पनि कम्पनीले ४६ करोड रुपैयाँ जुटाउनु पर्ने देखिन्छ । 

लगानीकर्ताहरुले कम्पनीको हकप्रद सेयर खरीदका लागि ग्लोबल आइएमइ क्यापिटल जमल, एनबी इन्स्योरेन्सका उपत्यका तथा उपत्यका बाहिरका कार्यालयबाट आवेदन दिन सक्ने ग्लोबल आइएमइ क्यापिटले जनाएको छ। 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री