शनिबार, ८ वैशाख २०८१

लक्ष्मी बैंक र गुडविल फाइनान्सको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ असार ४ गते ६:२०

 

Advertisement

नेप्सेमामा लक्ष्मी बैंक र गुडविल फाइनान्सले सेयर मूल्य समायोजन गरेको छ । लक्ष्मी बैंकको १८.२९ प्रतिशत बोनस तथा गुडविल फाइनान्सको ६० प्रतिशत हकप्रद पश्चातको सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले लक्ष्मी बैंकको बोनस समायोजनपछि सेयरमूल्य प्रतिकित्ता ४१४ रुपैयाँ तोकेको छ । जसको आधारमूल्य भने प्रतिकित्ता ४३५ रुपैयाँ रहेको छ ।

शतप्रतिशत हकप्रद बिक्री गरेको लक्ष्मीले हकप्रदले समेत पाउनेगरी बोनस वितरण गर्न लागेको हो । बैंकले आगामी असार १३ गते साधारणसभा बोलाएको छ ।

त्यस्तै ६० प्रतिशत हकप्रद बिक्री गर्न लागेको गुडविल फाइनान्सको हकप्रदपछि सेयरमूल्य २२४ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य २६५ रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री