शुक्रबार, १६ चैत २०८०

रिङरोडभित्र मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउँने सरकारको तयारी

समयपोष्ट २०७४ असार २ गते ९:०४

काठमाडौं उपत्यकाको रिङरोडभित्र सरकारले मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउने तयारी गरेको छ । सहरी सवारी व्यवस्थापनमा साना सवारी मुख्य चुनौति रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकलमा रोक लगाउने तयारी गरेको हो ।

Advertisement

यस विषयमा छलपल भईरहेको यातायात व्यवस्था विभागले जनाएको छ । वागमती अञ्चलमा मात्र झन्डै ८ लाख मोटरसाइकल दर्ता भइसकेका छन । ती मध्ये अधिकांस रिङरोड भित्र सञ्चालित छन् । 

विभागका अनुसार मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने छ । सार्वजनिक यातायतलाई सर्वसुलभ बनाउने हो भने निजी सवारी साधन प्रयोगकर्ता स्वत: घट्ने विभागको अनुमान छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री