शनिबार, ८ वैशाख २०८१

आविष्कार केन्द्रलाई बृज सिमेन्टले गर्‍यो सहयोग

समयपोष्ट २०७४ असार १ गते ८:१२

महावीर पूनको राष्ट्रिय आविष्कार केन्द्रका लागि बृज सिमेन्टले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । वृज सुपर प्रिमियम ओपिसि सिमेन्टको ब्राण्ड एम्बेसाडर भई यस कम्पनीलाई पुर्‍याएको योगदान स्वरुप उनलाई सहयोग गरिएको हो ।

Advertisement

तल्लो तहबाटै अनुसन्धान, आविष्कारका लागि आर्थिक सहयोग, प्राविधिक सहयोग, विभिन्न उपकरण, श्रोतसाधन जुटाउन, केन्द्रीय तथा क्षेत्रगत रुपमा अनुसन्धानका लागि पूर्वाधार तथा अनुसन्धान केन्द्र स्थापना गर्न र विभिन्न विश्वविद्यालयमा अध्ययनरत तिक्ष्ण ज्ञान भएका विद्यार्थी, अनुसन्धान प्रोजेक्ट, उद्यमशील मानवश्रोतको भरपूर उपयोग गरी नवीनतम खोज र अनुसन्धानलाई प्रभावकारी गर्ने पूनको अठोट र आकांक्षालाई साकार पार्न वृज सिमेन्ट हरपल सहयोग गर्न तयार रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री