शुक्रबार, १४ वैशाख २०८१

फेरी सर्यो चुनाव,प्रदेश नम्बर २ मा चुनाव असोज २ गते हुँने

समयपोष्ट २०७४ असार १ गते ८:०७

सरकारले  दोस्रो चरणमा गर्ने भनिएको प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति गरेको छ । बिहिबार सत्तारुढ कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको सिंहदरबारमा बसेको बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो । प्रदेश नम्बर २ को चुनाव निर्धारित मितीमा नभए पनि बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने चुनाव निर्धारित मितीमै हुँनेछ । एक नेताका अनुसार चुनाव असार १४ बाट सारेर असोज २ गते गर्ने सहमती भएको छ । चुनाव सार्ने सहमति भएपनि राष्ट्रिय जनता पार्टीले भने चुनावमा आउने प्रतिवद्धता जनाएको छैन । अब मन्त्रिपरिषद् बैठक बसेर औपचारिक निर्णय गर्नेछ ।

Advertisement

राष्ट्रिय जनता पार्टीसँग वार्ता गर्नुअघि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए । तर, आयोगले चुनाव सारे पोलिटिकल इलेक्ट्रोरल डिजास्टर हुने चेतावनी दिएको थियो ।

आयोगको चेतावनीलाई अस्वीकार गर्दै कांग्रेस र माओवादीले राष्ट्रिय जनता पार्टीसँग चुनाव सार्ने सहमति गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री