मंगलबार, ४ वैशाख २०८१

जथाभावी सडक पार गर्दा तिनुपर्ने दुई सय रुपैयाँ जरिवाना शुल्क हट्यो

समयपोष्ट २०७४ जेठ ३० गते १०:२६

जथाभावी सडक पार गर्ने पैदलयात्रीसँग ट्राफिक प्रहरीले उठाउँदै आएको दुई सय रुपैयाँ जरिवाना  हटेको छ ।

Advertisement

गृहमन्त्री जनार्दन शर्माले मंगलबार प्रहरी प्रमुख र ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई बोलाएर छलफल गरेपछि जरिवाना बापतको शुल्क हटाईएको हो ।

गृहमन्त्री शर्माले नगद जरिवाना हटाउँन ट्राफिक प्रहरीलाई निर्देशन दिएका थिए । जरिवाना शुल्क हटाईए पनि तिन घण्टे कक्षा भने पैदलयात्रीले लिनैपर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  ट्राफिक प्रहरी महाशाखाले जेठ १६ गतेबाट कारबाही सुरु गरेको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री