शुक्रबार, ७ वैशाख २०८१

जावलाखेलमा एनबी ईन्स्योरेन्सको १९ औं शाखा संचालन

समयपोष्ट २०७४ जेठ २९ गते १०:५९

एनबी ईन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९ औं शाखा ललितपुरकोे जावलाखेलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांई सोमबार गरे । 

Advertisement

यो शाखा सहित कम्पनीको १९ वटा शाखा, ४ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टर भएका छन । कम्पनीले हालै १ शेयर बराबर १ शेयरका दरले हकप्रद शेयर प्रदान जारी पश्चात कम्पनीको चुक्ता पूँजी ५४ करोड पुग्ने जनाइएको छ । कम्पनीले आफनो शाखा सञ्जाललाई देशका विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी दिएको छ । 

कम्पनीले आव २०७२।०७३ मा ३५ करोड बीमा शुल्क आर्जन गरेकोमा चालु आबको तेश्रो त्रैमाससम्ममा ४९ कारोड बीमा शुल्क आर्जन गरी ६ करोड २० लाख खुद मुनाफा आर्जन गरेको छ । हालसम्म करिब ६० करोड बीमा शुल्क आर्जन भएको जनाइएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री