मंगलबार, ६ चैत २०८०

चलचित्र क्षेत्रमा ६० प्रतिशत केटीहरू आफूलाई स्थापित गर्नकै लागि शरीर पनि बेच्छन्

समयपोष्ट २०७४ जेठ २९ गते ४:२८

कैलाली धनगढीमा  जन्मेकी सुष्मा अधिकारी छोटो समयमै मोडलिङ क्षेत्रमा पहिचान बनाउन सफल मोडल हुन् । सेक्सलाई प्रकृतिको देनका रूपमा ग्रहण गर्ने सुष्मा सेक्स भनेको मानव जातिको अस्तित्वका लागि मात्र भएको स्वीकार्छिन् । उनीसँग समयबोधका लागि सरोज ढुंगेलले गरेको अन्तरङ कुराकानी ।

Advertisement

कसरी मोडलिङ क्षेत्रमा प्रवेश गर्नुभयो ? 
स्कुल लेभलदेखि नै मलाई मोडलिङमा इच्छा थियो । म सानैदेखि नाच्नमा सिपालु थिएँ । चार वर्षपहिले धनगढीबाट काठमाडौं आएपछि ‘फूलबारीकै बाटो फिर्छौं ……भन्ने बोलको गीतमा मोडलिङ गर्ने अवसर पाएकी थिएँ । त्यो गीतमा मोडलिङ गरिसकेपछि अरू गीतमा पनि मोडलिङका लागि अफर आउन थाल्यो । 

6

मोडलिङमा नलागेको भए के बन्ने इच्छा थियो ? 
मलाई अफिस गएर आठ घन्टा ड्युटी गर्न मन पर्दैन । मोडलिङमा इच्छा भएकाले यही क्षेत्रमा स्थापित हुन सफल भएकी हुँ । यदि मोडलिङमा क्यारिएर नबनाएको हुँदो हुँ त सानोतिनो बिजनेस गरेर बस्थेँ होला । 

यो क्षेत्रमा आउन कत्तिको संघर्ष गर्नुपर्यो?
ममा त्यस्तो क्षमता भएर होला, मैले यो क्षेत्रमा आउन ठूलो संघर्ष गर्नु परेन । सानोतिनो संघर्षमै म २२ वर्षमा यतिधेरै चर्चा बटुल्न सफल भएकी छु । 

यो क्षेत्रमा स्थापित हुनका लागि निर्देशक, निर्मातालाई शरीर बेच्नुपर्छ भन्छन् नि ?
तपार्इंले भन्नुभएको कुरा पनि केही हदसम्म ठीक हो । ६० प्रतिशत केटीहरू आफूलाई स्थापित गर्नकै लागि आफ्नो शरीर पनि बेच्छन् । तर, ४० प्रतिशत भने ठीक छन् । म त्यही ४० प्रतिशतमा पर्छु । म कसैको गुलामी गरेर चर्चामा आउन चाहन्न । एउटा गीतमा राम्ररी मोडलिङ गर्यो भने अरू सयौं प्रस्ताव आउँछन् । एकथरि त्यस्ता छन्– उनीहरू आफूलाई चर्चा बटुल्न जे गर्न पनि तयार हुन्छन् । त्यसरी मलाई चर्चामा आउनु जरुरी छैन । 

1

अहिले जति नांगियो त्यति चर्चा पाइन्छ भन्ने ट्रेन्ड विकास भएको छ ? कस्तो लाग्छ ?
म समाजले नै पचाउन गाह्रो हुनेगरी नांगिन चाहन्न । चर्चामा आएका एक/दुईवटी केटी नग्न भएरै चर्चामा आएका छन् । उनीहरू छोटो प्रचारका लागि जे गर्न पनि तयार छन् । मलाई त्यसो गर्नु छैन ।

2

ग्ल्यामर देखिन के गर्नुपर्दोरहेछ ?
तपार्इं कस्तोलाई ग्ल्यामर भन्नुहुन्छ ? राम्रो देखिनु ग्ल्यामर होइन र । म ग्ल्यामरका रूपमा देखापर्न चाहन्छु तर समाजले नै छि, छि गर्ने भल्गर टाइपको होइन । 

सेक्सको अनुभव त होला नि ?
अहँ मैले आजसम्म सेक्स गरेकी छैन । अब विवाहपछि नै सेक्स गर्ने विचार छ । विवाहअघिको सेक्समा नमज्जा हुन्छ ।

3 

उमेर बढ्दै गएपछि त आवश्यकता त हो नि सेक्स ?
त्यो आफूमा निर्भर हुने कुरा हो । आफूलाई कन्ट्रोल गर्न सके सेक्सको मतलब नै हुन्न । खाली सेक्सतिर मात्र ध्यान केन्द्रित गर्नु हुँदैन । कन्ट्रोल गर्न सकिन्छ । 

सेक्स के हो जस्तो लाग्छ ?
सेक्स प्राकृतिक नियम हो । सेक्सविना मानव जीवनको अस्तित्व पनि हुँदैन । सृष्टि चलाउन पनि सेक्स अपरिहार्य छ ।

4 

तपाईंलाई आफ्नो कुन अंग सेक्सीजस्तो लाग्छ ?
सबैभन्दा सेक्सी लाग्ने मेरो अंग आँखा नै हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री