बिहीबार, १५ चैत २०८०

टुरिजम डेभलपमेन्ट बैंकको नबिकेको हकप्रद लिलामीमा

समयपोष्ट २०७४ जेठ २८ गते ६:४८

टुरिजम डेभलपमेन्ट बैंकले संस्थापक र सर्बसाधारणतर्फ नविकेको हकप्रद सेयर लिलामीमा राखेको छ । बैंकले निश्कासन गरेको मध्ये संस्थापक तर्फ चार लाख ३८ हजार २०० कित्ता र सर्बसाधारण तर्फ दुई लाख ६६ हजार ५३७ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो ।

Advertisement

बैंकले  नबिकेको ७ लाख चार हजार ७३८ कित्ता हकप्रद खरिदका लागि असार ७ देखि १५ सम्म आवेदन दिन आह्वान गरेको छ ।  बैंकले गत चैत १३ गते देखि बैशाख २६ सम्म एक कित्ता बराबर एकको अनुपातमा ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद निश्कासन गरेको थियो।  

बैंकले प्रतिसेयर न्युनतम मुल्य १०० रुपैयाँ र सो भन्दा बढी मुल्यमा बोलकबोल गर्न सक्ने जनाएको छ । खरिदकर्ताले बोलकबोल गर्दा न्युनतम १०० कित्ता र त्यस माथिको लागि दशमलब नआउने अङ्कमा जति पनि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार बोलपत्र १६ असारमा एनआबिएल क्यापिटल लाजिम्पाटमा आवेदकहरुको उपस्थितीमा खोलिनेछ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री