आइतबार, ४ साउन २०८२

लञ्च भयो हुवावेईको नयाँ स्मार्टफोन

समयपोष्ट २०७४ जेठ २५ गते ८:११

चिनियाँ कम्पनी हुवावेईले नयाँ स्मार्ट फोन लञ्च गरेको छ । कम्पनीले स्मार्टफोन Y7 Prime फोन हङकङमा लञ्च गरेको हो । फोनको मुल्य HKD 1,880 हङकङ डलर रहेको छ ।

यस स्मार्टफोनमा 4000mAh को ब्याट्री राखिएको छ । यसले गुगलको सबैभन्दा लेटेष्ट अपरेटिंग सिष्टम एंरोईड भर्जन 7.0 नगटमा काम गर्नेछ ।

यसको ग्लोबल लञ्चिंगको विषयमा कम्पनीले हालसम्म केही बताएको छैन । कम्पनीले हाल यस फोनलाई सिल्भर र गोल्डेन भेरियण्टमा उपलब्ध गराएको छ । यस फोनमा ५.५ इञ्च डिस्प्ले,(७२०×१२८० पिक्सेल) आई पि एस डिस्प्ले स्क्रिन ,२.५ डि ग्लास प्रोटेक्शन, १.४ जि एच जेड अक्टा कोर ,स्नेपड्रेगन ४३५ प्रोसेसर,ऐड्रेनो ५०५ जि पि यु ,३ जिबि र्याम,३२ जि बि इन्टर्नल मेमोरी,माईक्रो एस डि कार्ड २५६ जिबि ,१२ एम पि रियर क्यामेरा एल इ डि फ्याल्स, ८ एम पि सेल्फी क्यामेरा,फिंगरप्रिण्ट सेन्सर समावेस गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री