आइतबार, २२ असार २०८२

एसिको प्रयोग गर्नुहुन्छ ? यि गल्तीहरुबाट बच्नुहोस् बिजुलीको बिल कम आउँछ

समयपोष्ट २०७४ जेठ २४ गते ७:३४

गर्मि निकै बढिरहेको छ । गर्मि बढेसंगै बिजुलकिो बिल बढ्ने जोखिम पनि त्यतिनै हुँनेगर्छ । गर्मि मौसममा प्रयोग हुँने पंखा,फ्रिज ,एसि जस्ता उपकरणहरुले बिजुलीको विल ह्वात्तै बढाईदिन्छ । 
गर्मि मौसममा प्राय प्रयोग हुँने उपकरणमा एसि सबैभन्दा अगाडी आउँछ । एसि प्रयोग गर्दा केही सावधानी अपनाउँन सके बिजुलीको विल कम आउँनुको साथै उर्जा खपत पनि कम गर्नसकिन्छ 
आम रुपमा सर्वसाधारणहरुमा एसि जति ठूलो हुन्छ घर त्यतिनै छिटो चिसो हुन्छ भन्ने धारणा पाईन्छ ।  त्यो सहि भने होईन । ठूलो साईजको एसिले एक समान तापक्रम जेनेरेट गर्न नसक्नाले उमस कम गर्छ । यो इनइफीशिएंटली अपरेट हुँदा छिट्टै अनअफ हुँनेगर्छ । यसकारण एसि खरीद गर्दा सधै कञ्जुमर रिपोर्ट वर्कसिटको अनुसार चयन गर्नुपर्छ । एसि सधै आफ्नो रुमको साईज अनुसार खरीद गर्नुपर्छ । 

Advertisement

एसिलाई सही ठाउँमा राख्न नजान्दा त्यसको असर एसिको पर्फमेन्समा पर्नजान्छ । एसिलाई सिधा सुर्यको किरण पर्ने ठाउँमा राख्नबाट जोगाउँनुपर्छ । साउँथवेस्ट भन्दा पनि घरको इस्ट अथवा नर्थमा एसि राख्दा उचित हुन्छ । 

एसिलाई झाडी अथवा बिरुवाको पछाडी ढाकिने गरी राख्दा यसको असर सिधै एसिको पर्फमेन्समा पर्नजान्छ र बिजुलीको बिल पनि बढी आउँछ । यसको भ्यान्टिलेसन प्रभावित हुन्छ । कन्डेन्सर क्वाएल फोहोर हुन्छ साथै पर्फमेन्स पनि बिग्रिन्छ ।  

घरमा एसिको बेशिक मेन्टेनेन्स कम गर्ने गरिन्छ । बेशिक मेन्टेनेन्स गरिरहदा एसिको पर्फमेन्स उचित रुपमा हुन्छ भने यसको आयु पनि बढ्न जान्छ । कम्तिमा  दुई महिनाको एक पटक एसिको फिल्टर सफा गर्ने गर्नुपर्छ भने आवश्यकता अनुसार चेञ्ज गर्न पनि सकिन्छ । इवोपरेटर क्वायललाई बर्षमा एक पटक जाँच गरी सफा गर्नुपर्छ । हरेक बर्ष विन्डो सीज्डलाई अनिवार्य चेक गर्नुपर्छ । 

घरबाट बाहिर निश्कदा एसि अन छ कि छनै सधै विचार पुर्याउँनुपर्छ । घर चिसो बनाउँन एसि अफ नगरी बाहिर जाने कसैको आदत हुन्छ । यसो गर्नुको सट्टा एसिको ठाउँमा थर्मोस्टेट या इंडिविजुअल यूनिट टाइमर  प्रयोग गर्दा उचित हुन्छ । 

Advertisement

घरमा एसि र फ्यान एकैपटक प्रयोग गर्नुहुदैन । यसो गर्दा विजुलीको बिल त बढ्छनै साथै फ्यानले घर भित्रको चिसो हावा बाहिर निकालिदिन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री