शनिबार, ८ वैशाख २०८१

नौ बर्षिया बालिकाले विद्यालयमा पोर्न हेरेको टिचरले फेला पारेपछि खुल्यो यस्तो रहस्य

समयपोष्ट २०७४ जेठ २४ गते ५:५४

टेक्सासको एक प्राईमरी स्कुलमा विद्यार्थीहरुलाई पढ्नको लागि आई-प्याड दिईएको थियो । प्राईमरी लेवलकी एक नौ बर्षिया बालिकालाई दिएको आई -प्याडको हिष्ट्री चेक गर्दा टिचरनै सक्ड बन्न पुगे ।

Advertisement

ति बालिकाले धेरै पटक आई प्याडमा पोर्न मुभिज सर्च गरेको पाईयो । बालिकालाई टिचरले सोधपुछ गर्दा बालिकाले उनी र उनकी साथी आफ्नो घरमा बस्ने ब्यक्तिले उनलाई गर्ने गरेको के हो भन्ने जान्न चाहान्थे  । 

बालिकाको घरमा ३१ बर्षिय एन्थोनी गेरे नामका ब्यक्ति बस्दा रहेछन् । उनले बालिकालाई उनी सात बर्ष छँदा देखि यौन शोषण गर्दै आएका रहेछन् । सोही विषयमा जान्न उनले आई-प्याडमा पोर्न मुभि सर्च गरेको बताईन् । 

बालिकाले आफ्नी बहिनीलाई समेत उक्त ब्यक्तिले आफुलाई गर्ने जस्तै हर्कत गर्ने गरेको टिचरलाई बताईन् । बालिकाले घटनाको बारेमा बताएपछि स्कुलले पुलिसलाई खबर गर्यो । एन्थोनी गेरेलाई पुलिसले हिरासतमा लिएर बाल यौन शोषणको केस चलाएको छ । 
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री