शनिबार, ८ वैशाख २०८१

सेयर बजारमा सुधार, सुचक १६०२.६५ अंकमा पुग्यो

समयपोष्ट २०७४ जेठ २२ गते १२:१३

साताको पहिलो दिन आईतवार दोहोरो अंकले घटेको सेयर बजारमा सोमबार भने सुधार आएको छ। कारोबार सुरु भएदेखिनै लगातार बढेको शेयर बजार अन्तिम समयमा दोहोरो अंक टिकाउ नभए पनि बजार ८.८४ अंक उक्लिएर रोकियो। सुचक १६०२.६५ अंकमा पुगेको छ। 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक बढेपनि कारोबार रकम औसत देखिएको छ। साताको दोस्रो दिन १४९ कम्पनीको १३ लाख ९१ हजार कित्ता शेयर कारोबार भएको छ। दिनभरीमा ६२ करोड रुपैयाँमा खरिद बिक्रि भयो। सबैभन्दा बढि स्ट्यान्डर्ड चाटर्ड बैंकको ६ करोड रुपैयाँको शेयर खरिद बिक्रि भएको छ। कारोबार रकमकै आधारमा एसियन लाइफ इन्स्योरेन्स (सस्थापक) दोस्रो भएको छ। कम्पनीको  चार करोड ८० लाख रुपैयाँको शेयर खरिद बिक्रि भएको हो।

आज आठ समुहको कारोबार भयो। फाईनान्स समूह बाहेक सबै बढेको छ। बैकिङ १०, होटल ६.०७, विकास बैंक १०.९, जलबिद्युत ७.२७, बीमा १५.१, उत्पादन मुलक २१.६९ र अन्य ४.६३ अंकले बढेको छ। फाइनान्स ०.९५ अंकले घटेको छ। आरएसडिसी लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् भने सिनर्जी फाइनान्सका शेयरधनीले चार प्रतिशतले गुमाएका छन्।   

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री