प्रिमियरले प्रतिकित्ता ८९५ रुपैयाँमा एफपीओ जारी गर्दै
समयपोष्ट
२०७४ जेठ २२ गते ७:१४
प्रिमियर इन्स्योरेन्स कम्पनीले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता थप नयाँ साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता अंकित एक सय रुपैयाँमा ७९५ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ८९५ रुपैयाँमा एफपीओ जारी गर्ने भएको हो । कम्पनीले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न एफपिओ बिक्री गर्न लागेको जनााएको छ ।
कम्पनीले धितोपत्र बोर्डबाट जारी गरिएको नयाँ निर्देशिका बमोजिम एफपीओको मूल्य निर्धारण गरेको जनाएको छ । यसअघि कम्पनीले प्रिमियम सहित प्रतिकित्ता एक हजार चार रुपैयाँमा एफपीओ बिक्री गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीले थप नयाँ साधारण सेयर जारी गर्न एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
प्रतिक्रिया