शुक्रबार, ७ वैशाख २०८१

बाईक चलाउँदा यसो गर्नुहोस् पेट्रोल कम लाग्छ

समयपोष्ट २०७४ जेठ २२ गते ६:५५

मोटरसाईकल चलाउँदा चालकबाट यस्ता गल्तीहरु हुँनेगर्छन् जसले बाईकको माईलेजमा नराम्रो असर गरिरहेको हुन्छ । बाईक चलाउँदा केही सावधानी अपनाउँने हो भने कयौँ लिटर पेट्रोल बचत हुनसक्छ । यस्ता छन् टिप्स :

Advertisement

मोटरसाईकल एउटै स्पिडमा चलाउँने कोशिश गर्नुहोस् । स्पिड मेण्टेन राख्नाले बाईकको माईलेज बढ्छ । 

बाईक चलाउँदा क्लजलाई थिचिराख्ने नगर्नुहोस् । यसो गर्नाले माईलेजमा कमि आउँछ । क्लजलाई सिर्फ आवश्यकतामा मात्र दबाउँनुहोस् यसले माईलेजमा एकदम फरक पार्छ । फो स्ट्रोक इज्जिनको लागि बाईकलाई चोक र सेल्फ स्टार्टसंगै स्विच अन गर्नुहोस् । त्यसपछि एक्सिलिरेशनको बिना बाईकलाई १० देखि १५ सेकेण्डसम्म छोड्दिनुहोस् । यसो गर्नाले फ्युललाई इञ्जिनसम्म पुग्ने समय मिल्छ । 

बाईक चलाईरहदा बाईकलाई अचानक टप गियरबाट लोअर गियरमा नल्याउँनुहोस् । यसो गर्दा फ्युल इफिसियन्सि कम हुँने गर्छ । सहरमा बाईक चलाईरहदाँ अनावश्यक ब्रेक र क्लजको प्रयोग नर्गनुहोस् । 

बाईक चलाउँदा ब्रेक प्याडललाई थिचेर नराख्नुहोस् । ब्रेक टच गरेर बाईक चलाउँदा माईलेज कम मिल्छ । यसको साथसाथै इञ्जिनलाई अगाडी अथवा साईडबाट कवर नगर्नुहोस् । 

यदि तपाई ट्राफिक सिग्नलमा रोकिनुभएको छ र ट्राफिक सिग्नल तिस सेकेण्ड भन्दा बढी समयको लागि छ भने बाईकको इञ्जिन अफ गर्नुहोस् । 

बाईकलाई कण्डिसनमा राखिराख्न लगातार इञ्जिन अयल परिवर्तन गर्ने गर्नुहोस् साथै सर्भिसिंग पनि समयमै गर्नुहोस् ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री