बिहीबार, १३ वैशाख २०८१

भारतले बनायो शक्तिशाली रकेट,आज प्रक्षेपण गर्दै

समयपोष्ट २०७४ जेठ २२ गते ५:४६

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ISROले शक्तिशाली स्याटालाईट लञ्च ब्हीकल GSLV मार्क 3 डी-1लाई उडानको लागि तयार गरेको छ । दुई सय हात्ती बराबरको तौल भएको उक्त स्टालाईटलाई आंध्रप्रदेशको श्रीहरिकोटा सतीश धावन स्पेस सेण्टरबाट सोमबार साँझ ५ बजेर २८ मिनेटमा प्रक्षेपण गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । उक्त स्याटालाईटले अन्तरिक्षको लागि उडान भर्दा ३१३६ कि.लो तौल भएको कम्युनिकेशन स्याटालाईट GSAT-19 पनि साथमा लैजानेछ । यसंगै भारतमा हाई स्पिड इन्टर्नेट युगको शुरुवात् हुने बताईएको छ । 
GSLV मार्क 3 डी-1 लञ्च भएसंगै अन्तरिक्षमा मानवलाई पाईला टेकाउँने भारतको सपना साकार हुँने देखिन्छ । रुस,अमेरिका,चीन जस्ता मुलुकहरु अन्तरिक्षमा मानिसलाई पाईला टेकाउँन सफल भैसकेका छन् । 
GSLV मार्क 3 डी-1 भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ISROले आविष्कार गरेको यस रकेटको लञ्चिंगलाई स्पेस टेक्नोलोजिमा महत्वपुर्ण परिवर्तन ल्याउँन सक्ने मिशनको रुपमा भारतले हेरिरहेको छ । अब भारतलाई शक्तिशाली स्याटाईट लञ्च गर्नको लागि अन्य मुलुको भर परिरहनु पर्दैन । यसले चार टन तौल भएको स्याटालाईटलाई लैजाने क्षमता राख्छ । 
अंतरिक्षको कक्षमा स्थापित ४१ भारतीय उपग्रहहरु मध्यमा यो भारतको १३ औँ सञ्चार उपग्रह हो । यो भारतमै निर्मित एवंम भारतमै प्रक्षेपित हुँनेवाला सबैभन्दा विशाल उपग्रह हो । यो भारतमै निमार्ण गरिएको लिथियम आयन ब्याट्रीबाट सञ्चालित हुँनेछ । यसले अन्तरिक्ष उपकरण जियोस्टेशनरी रेडिएशन स्पेक्टो मिटर साथमा लैजानेछ । जसले आवेशित कणको प्रकृती तथा उपग्रह र इलेक्ट्रोनिक तत्वमा अंतरिक्ष प्रभावको बारेमा निगरानी तथा अध्ययन गर्नेछ । 

Advertisement

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री