बुधबार, २६ वैशाख २०८१

नाडा अटो शो भाद्र १३ देखि १८ सम्म हुने

समयपोष्ट २०७४ जेठ २२ गते ३:४५

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक बर्ष  आयोजना गर्दै आएको अटो शो यस बर्ष आगामी भाद्र १३ देखि १८ गतेसम्म गर्ने भएको छ । हालै सम्पन्न नाडाको बैठकले मिति तय गरेको हो । 
राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा सम्पन्न हुने उक्त अटो शोमा नयाँ गाडी तथा अटोमोबाइल सम्बन्धी विभिन्न प्रदर्शनी आयोजना गरिने छ । 
अटो शोमा नेपालमा अवस्थित सम्पुर्ण ब्राण्डका चार पांग्रे, २ पांग्रे सवारी साधन तथा अटोसँग सम्बन्धित सामग्रीहरु रहने बताइएको छ । मेलामा सवारीका साथसाथै बैंक तथा वित्तीय संस्था, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स लगायतका स्टलहरु पनि रहनेछन् ।
 प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरुको सहभागिता रहने छ, जसमा नेपालमै उत्पादित सामग्रीहरु समेत रहने छन् ।

Advertisement

 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री