शनिबार, १५ वैशाख २०८१

एनसेलले तिर्यो १३ अर्ब ६० करोड लाभकर

समयपोष्ट २०७४ जेठ २२ गते ३:०८

एनसेलले सरकारलाई १३ अर्ब ६० करोड कर भुक्तानी गरेको छ। ठूला करदाता कार्यालयमार्फत आइतबार कम्पनीले उक्त कर रकम दाखिला गरेको छ।

Advertisement

टेलियासोनेराबाट अजियाटा कम्पनीले किन्दा लाग्ने २५ प्रतिशत लाभकरमा १५ प्रतिशत दायित्व नेपालमा भएको कम्पनी एनसेल अर्थात अजियाताको रहने र बाँकी १० प्रतिशत दायित्व बिक्रेता अर्थात टेलियाको रहने हालको एनसेलको दाबी रहँदै आएको छ।

त्यही अनुसार यसअघि ९ अर्ब ९६ करोड रुपैयाँ बुझाइसकेको थियो भने आज एनसेलले १३ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ। यसहिसाबले एनसेल(अजियाटा)ले २३ अर्ब ५६ करोड रुपैयाँ लाभकर बापत भुध्mानी गरिसकेको छ।

यो लाभकरको १५ प्रतिशत हुने आउने र अजियाटाको कर दायित्व यो भुक्तानीबाट पुरा भएको एनसेल स्रोतले  जानकारी दियो।  यो भन्दा बाँकीको दायित्व बिक्रेताको हुने भन्दै अब सरकारले बिक्रेता टेलियाबाट उठाउनुपर्ने एनसेलको धारणा रहेको छ।  तर ठुला करदाता कार्यालय स्रोतका अनुसार हाल पनि कर निर्धारणको क्रममै रहेकोले कसले कति? किन र कसरी तिर्ने भनेर निर्धारण हुनै बाँकी रहेकोले यो अग्रिम कर कट्टीको रुपमा जाने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री